काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विभाजित कम्युनिस्ट पार्टी हरियो रङ्ग देख्दा नै तर्सिन थालेको बताउनुभएको छ । केन्द्रीय कार्यालयमा आज बुधवार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री शर्माले हरियो देख्दैमा तर्सिनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

‘पहिलाे साउनमा के भएकाेले हरियाे देख्छ भन्थे, अहिले चाहिँ विभाजित भएकाे कम्युनिस्ट पार्टी हरियाे रङ्ग देख्दा तर्सिन्छाैँ भनिरहेकाे छ । चुनावमा कसैले तर्सिनुपर्दैन, हामी स्वास्थ प्रतिस्पर्धामा जाने हाे’, उहाँले भन्नुभयाे ।

यस्तै महामन्त्री शर्माले सबैलाई चुनावमा सहभागी हुन आग्रह गरिएकाे र चुनावमा जित्ने भन्दै गर्दा मर्यादित ढङ्गले अघि बढ्ने बताउनुभयाे ।

निर्वाचन आयोगले आउँदो चुनावमा मतपत्रको रङ्ग हरियो राख्न लागेकाेप्रति आपत्ति जनाउँदै हिजो मङ्गलवार एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुख देख्न सजिलो होस् भनेर हरियो रङ्ग राख्न लागेको प्रतिक्रिया दिनुभएको थियो ।

ओलीले भन्नुभएकाे थियाे, ‘निर्वाचन आयोगले मतपत्रका चिह्नहरू हरियो रङ्गकाे राख्ने भयो रे, हरियो चिह्न किन राख्ने ? आँखा कमजोर हुनेले रुखैरुख देखोस् भनेर हरियो चिह्न राख्ने हो ? यदि हरियो राख्ने निर्णय गरेको होइन भने सञ्चारमाध्यमले आफ्नो त्रुटि सच्याउनुपर्‍याे । यदि निर्वाचन आयोगले नै त्यो गरेको हो भने उसले निर्वाचन आयोगले नै त्यस्तो त्रुटि सच्याउनुपर्छ । हरियो–सरियो हुँदैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah