काठमाण्डाै - साउदी अरबका विदेशमन्त्री राजकुमार फाइसल विन फहरन अल साउद आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।

दुई दिने नेपाल भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फाइसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

परराष्ट्रमन्त्री डा.नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग पर्सि भेटवार्ता गर्ने तथा उहाँले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्नुहुने मन्त्रालयले जनाएको छ ।