नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले प्रचण्ड र माधवकुमार नेपालका निम्ति गठबन्धनलाई रणनीतिभन्दा पनि सिद्धान्त बनाउनुपर्ने बाध्यता रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता विश्वकर्माले भने, “चुनाव भनेको शान्तिपूर्ण युद्ध हो । युद्धमा गोली चल्छ, चुनावमा बोली (मत) चल्छ । चुनावमा तालमेल वा गठबन्धन सिद्धान्त होइन, रणनीति हो । तर माधव नेपाल र प्रचण्डका निम्ति त सिद्धान्त नै बनाउन पर्ने बाध्यता छ । प्रचण्डले हिजो एमालेसँग मिलेर स्थान बनाएको हो । माधवको नयाँ पार्टी हो । त्यसैले उहाँहरुका निम्ति कुनै न कुनै दलसँग तालमेल अनिवार्य हुन्छ ।”
नेपाली कांग्रेस गठबन्धन नगरी एक्लै जाने स्थितिमा रहेको उनको दाबी छ । विश्वकर्माले भने, “नेपाली कांग्रेस पुरानो र लोकतान्त्रिक दल हो । ठूलो पार्टी पनि हो । कांग्रेसले ५ वर्षअघि हारेको चुनावमा पनि जनमतका हिसाबले पहिलो पार्टी हो । एक करोड मतमध्ये कांग्रेसले ३५ लाख, एमालेले ३१ र माओवादीले १४ लाख पाएका थिए । तर जति धनी पनि बैंकिङ कारोबार त गर्नुपर्छ । स्थानीय तहमा आवश्यकता अनुसार दोस्रो, तेस्रो भएको ठाउँमा तालमेल गर्न सक्छन् ।”
चुनाव फरक फरक चिह्नमा मतदान गर्दा समस्या आउने भएकाले पार्टीका साथीहरुले गठबन्धन गर्न नचाहेको पनि बताए । उनले भने, “हामीले सहकार्य गर्न हुन्न, वा एक्लै जान्छौं भन्ने सिद्धान्त बनाउनुभन्दा पनि स्थानीय तहमा कोसँग तालमेल गर्दा आफ्नो दलको राम्रो निर्णय आउँछ, त्यहाँ तालमेल गर्ने खुकुलो निर्णय गर्छ । सधैंभरि फरक फरक चिह्नमा मतदान गर्दा संगठनमा असर गर्छ । आफ्नै पार्टीको चिह्नमा मतदान गराउनुपर्छ भन्ने मत पनि नराम्रो होइन ।”
लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा सामेल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा स्वतन्त्र रहेको पनि औंल्याए । उनले भने, “लोसपाले सरकारलाई विश्वासको मत दिएको छ । उसले सरकारमा आउन चाह्यो भन्ने नसक्ने कुरा छैन । प्रधानमन्त्रीलाई सरकारमा ल्याउने अधिकार छ ।”
उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग पारित नभए पुनः न्यायालयमा फर्कन सक्ने औंल्याए । उनले भने, “महाभियोग सफल वा असफल के हुन्छ, अहिले नै भन्न सकिन्न । न्यायालय नै नचल्ने अवस्थाका कारण राजनीतिक दल र संसद्ले काम गर्नुपर्ने देखियो । अहिले जुन दलले संसद् अवरोध गरेको छ, त्यसका साथीहरु पनि महाभियोग प्रस्ताव सिफारिस समितिमा छन् । समितिमा ती साथीहरु कस्तो रुपमा प्रस्तुत हुन्छन्, त्यस आधारमा महाभियोगको टुंगो ढिलो वा छिटो हुन्छ ।”
अर्को प्रसंगमा नेता विश्वकर्माले प्रकाश सपुतले म्युजिक भिडियोमा समाजको ऐना देखाएको बताए । उनले थपे, “गीत, संगीत समाजको ऐना हो । समाजमा व्याप्त पीडालाई प्रकाश सपुतले जीवन्त प्रस्तुति गरेका छन् । माओवादीका साथीहरु जनयुघको राम्रो कुरालाई गौरब गर्नुहुन्छ भने तिनले दुःख पाएको कुरालाई नसहनु विरोधाभास हो । कलाकारलाई धम्की दिनु हिंस्रक अभिव्यक्ति हो । यसमा विवाद गर्नुभन्दा आत्मसात् गर्नु उपयुक्त हुन्छ । मनोज गजुरेलले कला प्रस्तुत गर्दा खित्का छाडेर हाँस्ने, माओवादीका कमीकमजोरी देखाउँदा किन चीत्कार गर्नुपर्यो ?”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah