
काठमाडौँ । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि मनोयन मिति सार्वजनिक गरेको छ ।
आयोगले वैशाख ११ र १२ गते मनोयन मिति तय गरेको छ ।
आयोगले शुक्रबार गरेको निर्णयअनुसार दुई दिन मनोनयनको समय दिन लागिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो ।
उम्मेद्वारको अन्तिम नामावली प्रकाशन वैशाख १६ गते हुने उहाँले बताउनुभयो । १७ गते आयोगले उम्मेद्वारलाई चुनाव चिन्ह प्रदान गर्नेछ।