भर्खरै मात्र मुलुकले पत्याएका एकजना सरकारी अधिकारीले केही वर्षअघि केपी ओलीले गरेको भविष्यवाणीलाई सत्य सावित हुनेगरी एउटा तथ्यपरक विषयको खुलासा गरिदिएका छन् । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा पानी जहाज सञ्चालन हुनसक्ने सम्भावनाबारे एउटा नयाँ तथ्य खोलिदिएका हुन् । निर्देशक घिसिङले नेपालमा पानी जाहाज चलाउन सक्ने सम्भावनाबारे ३२ वर्षअघि नै अध्ययन भैसकेको भन्दै उनले सो नयाँ तथ्य  बाहिर ल्याइदिएका छन् ।

शनिबार रामेछाप–काठमाण्डौ पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक घिसिङले सन् १९८५ को मार्चमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले तयार पारेको गुरुयोजनामा भारतको कलकत्ताबाट कोसी नदी हुँदै काभ्रेको दोलालघाटसम्म पानीजहाज सञ्चालन गर्न सकिने कुरा उल्लेख भएको उनले बताए । उनले यो योजना सम्पन्न गर्न सकिने समेत बताए ।

प्रबन्ध निर्देशक घिसिङले कोसी नदीबाट पानी जहाज चालाउन सकिने  मात्रै नभई २५ हजार मेघावाट बिजुली निकाल्न समेत सकिने बताउँदै उक्त विद्युत क्षमताको समेत उपयोग नेपालले गर्न नसकेको  बताए । घिसिङले सप्तकोसी, सुनकोसी, चतरा हुँदै दोलालघाटसम्मको जलविद्युत आयोजनाको विस्तृत अध्ययन हुनुपर्ने बताउँदै सुनकोसी १,२ र ३ तथा दूधकोसी आयोजनाको विस्तृत परियोजना गर्दा क्षमता वृद्धि गर्न सकिने उनले स्पष्ट पारे ।

यसरी तीन दशकअघिनै नेपालमा पानीजहाज चलाउन सकिने सम्भावनाको खोजिगरिरहेको भइसकेको तथ्य घिसिङले बाहिर ल्याइदिएपछि एमाले अध्यक्ष ओलीलाई खुइल्याउन खोज्ने माओवादी–कांग्रेसका नेता कार्यकर्ताहरु के सोच्दै होलान् ? यद्यपि, तत्कालीन प्रधानमन्त्री ओलीले त अझ् नेपालको स्वामित्वमा रहेका अर्थात खरिद गरिएका पानी जहाजहरु हिन्द महासागरहरुमा चलाउने र नेपालका लागि अत्यावश्यक सामाग्रीहरु ल्याउन सकिने बताएका थिए ।

उनले पृथ्वीमा रहेका महासागरहरुमा पानी जहाज चलाउने अधिकार भूपरिवेष्ठित मुलुकहरुलाई रहेको भन्ने कुराको पुष्टि गर्न खोजेका थिए । उनले महासागरहरुमा पानीजहाज चलाउने अभ्यासमा गएपछि कुलमानले भनेझै हाम्रा ठूला नदीहरुमा पनि आवश्यकता अनुसारका जहाज चलाउन सकिने कुरा गरेका थिए । जो आज आएर पुष्टि हुँदै गएको छ । कुलमानले यसलाई थप पुष्टि गरिदिएका छन् ।
छलफल बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय