काठमाडौं । विश्वका खुशी देशको सूचीमा नेपाल यस वर्ष ८४ औं स्थानमा देखिएको छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ अनुसार नेपाल विश्वका १४६ मुलुकमध्ये ८४ औं नम्बरमा परेको हो ।

छिमेकी मुलुकहरु भारत १३६ औं तथा चीन ७२ औं स्थानमा छन् । विश्वकै सर्वाधिक खुशी देशमा भने फेरि पनि फिनल्याण्ड नै देखिएको छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्याण्ड लगातार पाँचौं पटक संसारकै सबैभन्दा खुशी देश बन्न सफल भएको हो ।

यसपछि डेनमार्क र आइसल्याण्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् भने स्विट्जरल्याण्ड चौथो स्थानमा छ । अफगानिस्तान सबैभन्दा पुछारमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय