दमक/ शुक्रबार तराईमा मनाइने होलीका दिन पूर्वका झापा, मोरङ र सुनसरीमा मात्रै २४ ठाउँमा सवारी दुर्घटना भएका १ नम्बर ट्राफिक प्रदेश प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

सुनसरीको बराहाक्षेत्र १ सशस्त्र क्याम्प अगाडी कान्छी चोक चतरा सडक खण्डमा विपरित दिशाबाट आइरहेका दुई मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ पुर्बबाट पश्चिम तर्फ जादै गरेको को ९ प ३३७२ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको को २९ प ६२०६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा ६२०६ नम्बरका चालक मोरङ केराबारी ७ का ३६ बर्षिय छत्र बहादुर बिक र अर्को मोटरसाइकलका चालक बराहक्षेत्र २ का ३० बर्षिय अमित पाण्डेको मृत्यु भएको हो । बिकको मोटरसाइकलमा सवार ३८ बर्षिया कुमारी बिक गम्भिर घाइते भएकी छिन ।

दमकमा प्रहरी निरिक्षकसहित दुई घाईते
यसैबीच दमकमा शुक्रबार राती भएका अलग अलग दुर्घटनामा एक जना प्रहरी सहायक निरिक्षकसहित दुई जना घाईते भएका छन ।

राती ९ बजे दमकस्थित गोरखा डिपार्टमेन्ट अगाडी मे १२ प ८०९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकको डिभाईडरमा ठोक्किदा इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी सहायक निरिक्षक ४० बर्षिय हेमनारायण यादव घाईते भएका हुन । उनको दमकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ ।

त्यसैगरी राती करिब साढे ११ बजे दमक –५ दिपिनि खोला छेउ भित्री पक्की सडक खण्डमा आफैंले चलाएको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक दमक १० का २७ बर्षिय अनिस भट्टराई गम्भिर घाईते भएका छन । उनको बिएण्डसी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । पुर्वबाट पश्चिम तर्फ जादै गरेको को३०प ८४७० नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको जनाइएको छ । मादक पदार्थ सेवन गरेर सवारी चलाएका कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाई छ ।
हिजो (शुक्रबार) नै गौरादह १ मा मोटरसाइकलको ठक्करबाट १२ बर्षिया एक बालिका घाईते भएकी छिन । गौरादह–१ स्थित भित्रि पक्की सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको मे११प ५५८६ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका जयराम ताजपुरीयाकी छोरी १२ बर्षिया सरस्वती ताजपुरीयालाई ठक्कर दिँदा दाहिने खुट्टा भाचिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah