भक्तपुर - मध्यपुरथिमि–३ कौशलटारमा रहेकाे अरनिको राजमार्ग सडक खण्डमा काठमाण्डौबाट भक्तपुरतर्फ आउँदै गरेको ट्र्याक्टरबाट खसेर आज एक जनाकाे ज्यान गएकाे छ।

ट्र्याक्टरबाट खसेर उदयपुर गाईघाट घर भइ ललितपुर इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्कीको ज्यान गएकाे हाे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गुडिरहेको मिक्सचर बोकेको ना ७ त २७७४ नंको ट्र्याक्टरबाट खसेर घाइते भएका कार्कीको उपचारका लागि नेसनल ट्रमा सेन्टर पुर्याइए पनि ज्यान गएकाे महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताउनुभयो ।

ट्र्याक्टर चालक झापा कन्काई नगरपालिका–५ घर भइ ललितपुर इमाडोल बस्ने २७ वर्षीय रोशन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।