अर्जेन्टिनाका पूर्व अन्तर्राष्ट्रिय रग्बी खेलाडी फेडेरिको मार्टिन अराम्बुरुको शनिबार बिहान फ्रान्समा गोली हानी हत्या गरिएको छ ।

अर्जेन्टिनका लागि २२ खेल खेलेका ४२ वर्षीय खेलाडीले फ्रान्समा २००७ मा भएको विश्वकपमा अर्जेन्टिनालाई तेस्रो स्थानमा दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फ्रान्सेली अखबारका अनुसार उनको बिहान बारमा केही मानिसहरूसँग झगडा परेको थियो । पछि उनीहरु कारमा फर्किएर उनमाथि गोली हानेका थिए । पेरिस अभियोजकको कार्यालयले हत्याको अनुसन्धान सुरु गरेको छ । शंकास्पद तीन जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।