मदन भण्डारी फाउण्डेसनको अध्यक्षमा पुनः उषाकिरण भण्डारी चयन भएकी छन् । भण्डारी एमालेका तत्कालीन महासचिव मदन भण्डारीकी छोरी हुन् ।

फाउण्डेसनको शनिबार सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनले भण्डारीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । समितिको सचिवमा पेम्बा लामा र कोषाध्यक्षमा चिन्तामणि भट्टराई चयन भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसै गरी सदस्यहरुमा भेषराज अधिकारी, प्रेम सागर, शंकर भण्डारी, महेन्द्रबहादुर पाण्डे, सुशील प्याकुरेल, डा.विमला राई पौडेल, डेगेन्द्र पाण्डे, टीका ढकाल, कृष्ण भण्डारी, रामशरण प्याकुरेल, घनश्याम कोइराला, मिलन धरेल, अमरध्वज लामा, डा.कुन्दन अर्याल, डा.कैलाश भण्डारी, डा.कालूसिंह खत्री र मिना भण्डारी चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा प्रदेश-१ बाट गोपाल गुरागाईं, खेमराज पोखरेल, मन्जु चौधरी, किशोरचन्द्र दुलाल, मधेस प्रदेशबाट राजमहमद राज, बिना साह, सरोज यादव, बागमती प्रदेशबाट शिवकुमारी गोतामे, सरिता नेउपाने, खेम लोहनी, बालकृष्ण शिवाकोटी, गोपाल श्रेष्ठ, दिपक सुवेदी, रामशरण ढुङ्गाना, गण्डकी प्रदेशबाट दामोदर वैरागी, डा निर्मल विश्वकर्मा, लुम्बिनी प्रदेशबाट बलबहादुर आचार्य, रामबहादुर राउत, मिना बुढा, कर्णाली प्रदेशबाट टीका विस्ट, प्रा डा नन्दबहादुर सिंह, सुदूरपश्चिम प्रदेशबाट हरदेव जोशी र सरस्वती नेपाली चयनभएका हुन् ।