काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज (सोमबार) मोरङको सुन्दरहरैंचा जाने भएका छन् । सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालका अनुसार नगर क्षेत्रमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा आउन लागेका हुन् ।

उनका अनुसार नगरपालिकाको प्रशासनिक भवन तथा सुन्दरहरैंचा-९ स्थित कृषिबजार परियोजना शिलान्यास कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी हुने कार्यक्रम छ । यसैगरी, हरैंचामा निर्मित नगर अस्पताल पनि उदघाटन गर्नेछन् ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्रीलाई निमन्त्रणा गर्न गएको फागुन २७ गते मेयर ढकालसहित नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, कांग्रेस प्रदेश १ का उपसभापति रमेशजंग रायमाझी, नगर सभापति भक्ति सिटौलालगायत टोली बालुवाटार पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय