काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक करोड बढीको सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३८ वर्षीय भारतीय नागरिक शुभम मेहरा रहेका छन् । उनी आइतबार नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका थिए ।

प्रहरीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई भन्सार क्षेत्र नजिकै रहेको शौचालयमा पुर्‍याई शौच गर्न लगाउँदा उनको मलद्वारबाट हरियो रङ्गको टेपले बेरिएको सेतो रङ्गको प्लाष्टिकभित्र सुन भेटिएको थियो ।

बेलनाकार बनाइएको अर्धठोस सुनको दुई पोका भेटिएको र बरामद भएको सुुनको बजार मूल्य एक करोड आठ लाख ४९ हजार ६६२ रुपैयाँ भएको विमानस्थल प्रहरीले जनाएको छ । पक्राउ परेका मेहरालाई आवश्यक कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय