
तनहुँ । बलात्कारको अभियोगमा प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहमाथिको अनुसन्धान फाइल प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले शाहमाथि २१ दिनपछि लामो अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा पेश गरेको जनाएको छ । यसअघि नवलपरासी प्रहरीले शाहविरुद्धको अनुसन्धान सकाएर सरकारी वकिलको कार्यालयमा पेस गरिसकेको छ । उक्त मुद्दा पनि अदातलमा पुगिसकेको छ ।
एक १७ वर्षीया गायिकाले शाहले आफूलाई पटक-पटक बलात्कार गरेको भन्दै तनहुँमा उजुरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि शाहविरुद्ध गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको छ ।