२०७८ चैत ६ गतेबाट जिल्ला प्रहरी कार्यालय बाजुराले स्थानीय चुनावका लागि म्यादी प्रहरीका लागि भर्ना खोलेपछि दरखास्त दिनेको पनि निकै भीड देखिन थालेको हो ।

पढेर गाउँमा कुनै रोजगार नपाएका युवा म्यादी प्रहरीमा भर्ना हुन इच्छुक देखिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कक्षा १२ पास भएको दुई वर्ष भए पनि आर्थिक अभावका कारण उच्च शिक्षा पढ्नका लागि भर्ना हुन नसकेपछि अहिले सो खर्च जुटाउन म्यादी प्रहरीमा दरखास्त दिन थालेको बूढीगङ्गा नगरपालिका ४ का लालबहादुर खडायतले बताए । गोरखापत्र दैनिकमा खबर छ ।