काठमाण्डाै – चिनियाँ विदेश मन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणको लागि आज नेपाल आउँदै हुनुहुन्छ । उहाँ आज बेलुका नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुने परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । यस्तै विदेश मन्त्री वाङ यीले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्नुहुने छ ।

चीन र नेपालका परराष्ट्रमन्त्रीसहितको द्विपक्षीय वार्ता भोलिका लागि तय भएको छ । अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्ने क्रममा चीनले पनि विभिन्न प्रतिक्रिया दिएको थियो । एमसीसी पारित भएपछि हुन लागेको चीनका विदेशमन्त्रीको नेपाल भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।

चिनियाँ विदेशमन्त्रीको भ्रमणका क्रममा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिइएको ऋणको ब्याज घटाउन, चीनमा मेडिकल शिक्षा पढिरहेका तर कोरोनाका कारण नेपाल आएका विद्यार्थीलाई फेरि चीन लैजान, बीआरआई अन्तर्गतका आयोजना कार्यान्वयनमा चीनले अनुदान दिनुपर्ने लगायतका विषय उठाउने नेपालको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
slot gacor
divinegc.com
mimislot
MIMI PORTAL
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
slot online
babaslot
mimislot
cbnfm.edu.bd
palabraenpie.org
slot88