नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा व्यवसायी दुर्गा प्रसाईंले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ं ले एक्ला एक्लै जाँदा आगामी चुनावमा एक सिट पनि जित्न नसक्ने दाबी गरेका छन्।

भक्तपुरको सूर्यविनायकस्थित आफ्नै लगानी रहेको सूर्यविनायक हरित कृषि तथा थोक बजारको उद्घाटन समारोहमा बोल्दै प्रसाईंले यस्तो जिकिर गरेका हुन्। ‘बिना गठबन्धन एक्ला एक्लै आउनुस्, माओवादी र एस भन्ने पार्टीले एक मात्रै सिट जितेछन् भने। मेरो सबै सम्पत्ति उनीहरुले इच्छाएको व्यक्तिको नाममा राजीनामा पास गरेर सन्यासी बनेर वृन्दावन जान्छु, मेरो यही भनाइलाई आधार बनाइएर आए हुन्छ।’

प्रचण्ड र माधव नेपालप्रति आक्रोश व्यक्त गर्दै प्रसाईंले भने, ‘जनताले निर्वाचनपछि उनीहरुलाई ओलीजीले बनाएको धरहराको माथिल्लो तलाबाट हेर्नुपर्ने बनाउँछन्।’

उनले ओलीले सत्ता सञ्चालन गर्दा देशमा विकास निर्माणको लहर नै आएको दाबी गरे। कांग्रेसले ३० वर्षमा गरेको फोहोर ओलीले ३ वर्षमा सफा गर्ने ठाउँमा पुगिसकेको दाबी गरे।

युवालाई स्वदेश फर्काउने अभियानमा एमाले लागिसकेको उनको भनाई छ। एमालेको मुलुक बनाउने अभियानमा जुट्न आग्रह गरे। नेकपाको सरकार ढालेर अनैतिक साँठगाँठ गठबन्धन गरेर भीख माग्दै प्रचण्ड र माधव नेपाल हिँडेको आरोप उनले लगाए।

आफूले गरेको उद्यम सरकारी सम्पत्ति दुरुपयोग गरेर कांग्रेस महामन्त्री गगन थापाले बाख्रा र एकीकृत समाजवादीका नेता झलनाथ खनालले सर्प पालेजस्तो नभएको उनको भनाइ छ।

Sajilo Khoj
सम्बन्धित समाचार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
divinegc.com
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
slot online
babaslot
mimislot
cbnfm.edu.bd
palabraenpie.org
slot88