दमक/ दमक १ बरगाछीस्थित भित्रि सडक खण्डमा शुक्रवार (आज) टयाक्टरको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

दिउँसो करिब ३ बजेतिर इटा बोकेको मे १ त ७९४२ नम्बर टयाक्टरले विपरित दिशाबाट आउदै गरेको मे.६ प ३९७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक मोरङ मिक्लजुङ गाउँपालिका ५ का ३१ बर्षिय मित्रप्रसाद शर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अनिल मावोहाङले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ठक्करबाट मोटरसाईकल चालक शर्माको घटनास्थलमा नै मृत्यु भएको उनले जानकारी दिए । प्रहरीले ठक्कर दिने ट्याक्टर नियन्त्रणमा लिएर फरार चालकको खोजी गरिरहेको जनाइएको छ ।