काठमाण्डाै – पेट्रोलियम पदार्थको अभाव हुने डरमा पेट्रोल पम्पमा उपभोक्ताको लामो लाइन लागेको छ । पेट्रोलियम पदार्थको बिक्रीबापतको कमिसनको रकम नपाएको भन्दै ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेपछि अभाव हुने डरमा उपभोक्ता लाइनमा बसेका हुन् ।

काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा विहानैदखि पेट्रोल पम्पमा उपभोक्ताको लाइन छ । नेपाल आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएका छन् । नेपाल आयल निगमले आन्दोलनका कार्यक्रमहरु स्थगित गर्न पेट्रोलियम व्यवसायीलाई आग्रह गरेको छ । तर, व्यवसायीले अस्विकार गर्दै ढुवानी ठप्प पारेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन वृद्धि लगायतको माग राख्दै व्यवसायीहरुले डिपोबाट इन्धन लोड÷अनलोड नै बन्द गरेपछि समस्या समाधानका लागि आयल निगम अहिले छलफलमा जुटेको छ । ‘हामी समस्या समाधानका लागि प्रयासरत छौ, आज दिनभरीमा केही न केही निकास निस्कन्छ’ निगमका प्रवक्ता विनितमणी उपाध्यायले भन्नुभयो । उहाँकाअनुसार देशभरकै पेट्रोलिय पदार्थको डिपो आज खुला राख्न भनिएको छ । डिपो खुला राखे नराखेको बारे अनुगमन भईरहेको पनि उहाँले जानकारी दिनुभयो ।