काठमाण्डाै – एक सय वर्षपछि ललितपुर हरिसिद्धिको त्रिशक्ति भवानीको जात्रा दोलखामा सञ्चालन भइरहेको छ। त्रिशक्ति भवानीलाई सोमवार धुलिखेलबाट दोलखा लगिएका हो भने सोमवारदेखि दोलखामा हरिसिद्धि भवानीको नाच सञ्चालन भएको हो।

हरिसिद्धिको त्रिशक्ति भवानीको १२ वर्षको जात्राको अवसरमा देवी नाच स्थानीय क्षेत्रमा मात्र नभएर काठमाण्डौ, ललितपुर, पनौती, दोलखा लगायत नेपालमण्डलको विभिन्न ठाँउमा प्रदर्शन गर्ने परम्परा छ। त्यही परम्परा अनुसार हरेक १२ वर्षको जात्रामा दोलखामा पनि जात्रा सञ्चालन गर्नुपर्ने भएता पनि विभिन्न कारणले त्यहाँ हुन नसकेकोमा एक सय वर्षपछि यस वर्षमा दोलखामा जात्रा सञ्चालन भएको हो।

भोलिसम्म दोलखामा जात्रा सञ्चालन हुनेछ भने त्यहाँबाट भोलि काठमाण्डौको पशुपतिमा ल्याइनेछ । पशुपतिमा २७ गतेसम्म जात्रा सञ्चालन गरेर त्यहाँबाट काभ्रेपलाञ्चोकको पनौतीमा लगिनेछ । यसैबीच पनौतीमा आउँदो २८ गतेदेखि सुरु हुने ऐतिहासिक हरिसिद्धि जात्राको तयारी तीव्र पारिएको छ ।

६० वर्षदेखि पनौतीमा मनाउन थालिएको यो जात्रा विभिन्न कारणले रोकिएकोमा यसवर्ष सञ्चालन हुन लागेको हो । २८ गतेदेखि वैशाख १ गतेसम्म जात्रा सञ्चालन गर्ने तयारी भइरहेको हरिसिद्धि जात्रा व्यवस्थापन समितिका संयोजक सुरेश सैँजूले बताउनुभयो ।

जात्रा सहज ढङ्गले सञ्चालन गर्नका लागि सैँजूको अध्यक्षतामा समिति गठन गरिएको छ । २०६६ सालदेखि जनसहभागिताबाट रकम सङ्कलन भएकोमा अब कोष स्थापना गरी जात्रा सञ्चालन गरिने सैँजूको भनाइ छ ।

२०६६ सालमा जात्रा आयोजना गर्न पाँच लाख रुपैयाँ खर्च भएको थियो । यसपटक १६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जात्राका लागि पनौती नगरपालिकाले १५ लाख रुपैयाँ सहयोग गरेको छ ।

आउँदो २८ गते सांस्कृतिक परिक्रमा गरी २९ र ३० गते हरिसिद्धि डबली, पनौती बजारमा नाच प्रदर्शन गरिने छ । यस्तै, वैशाख १ गते हरिसिद्धि देवघरमा पूजापश्चात जात्रा सम्पन्न हुनेछ। त्रिशक्तिभवानीको तान्त्रिक नाचलाई नेपालको सबैभन्दा पुरानो मुखौटा लगाएर देखाइने देवीनाचको रुपमा वंशावलीमा उल्लेख गरिएको छ ।

तस्बिर : जितेन्द्र महर्जन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah