डा राजकुमार बिक

शुक्रबारको ओपिडीको दिन। कान्ति बाल अस्पतालको उही पुरानै घचाघच लाइन। म कोठा नम्बर ४ को एउटा ओपिडी ब्लकमा खाली रहेको कुर्सीमा बसेर बिरामी जाँच्न सुरु गर्दै थिए।

सुरुमै एक जना बुढी आमा आफ्नो ५ वर्षे नातीलाई लिएर आउनु भएको थियो। उहाँ भन्दै हुनुहुन्थ्यो, ‘लौ न डाक्टर बाबु, मेरो नातीलाई टाइफाइड भएको छ। एउटा सलानी पानी चढाई दिनुपर्‍यो।’

केही समयपछि ओपिडी दर्ता नम्बर ३४२ मा रहेका एक दम्पती आफ्नो तीन वर्षे बालक काखमा च्याप्दै सोध्नु भएको थियो, ‘डा’साप अहिले सरकारले यही चैत २५ गतेदेखि टाइफाइड विरुद्धको खोप लगाउने भनेको रहेछ। लगाउनै पर्छ र नलगाए फरक पर्छ र?’

आउनुहोस्, आज हामी उहाँ हजुर आमा जस्तै मान्छे बिरामी हुने बित्तिकै धेरै नेपालीहरुको मुखमा झुण्डिने गरेको शब्द टाइफाइड र राष्ट्रिय खोप अभियानमा सामिल गर्न लागेको टाइफाइडविरुद्धको खोपको बारेमा चर्चा गर्नेछौं।

टाइफाइड के हो?
टाइफाइड भनेको सालमोनेला टाइफी र प्याराटाइफी भन्ने ब्याक्टेरियाको संक्रमणले हुने एक प्रकारको रोग हो। ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट हुने गर्दछ। जुनसुकै उमेरका व्यक्तिलाई लाग्ने भएतापनि विशेष गरी १५ वर्ष मुनिका बालबालिकामा धेरै संक्रमण हुने गरेको पाइएको छ।

ग्लोबल बर्डेन अफ डिजिज (जीबीडी) ले सन् २०१९ मा गरेको अध्ययन अनुसार विश्वभरी करिब ९० लाख जति संक्रमित भएका थिए। करिब १ लाख १० हजार जनाले ज्यान गुमाएका थिए। त्यस्तै नेपालमा ८२ हजार ४४९ संक्रमित भएका थिए। जसमध्ये १५ वर्ष मुनिका बच्चाहरु मात्रै ६० प्रतिशत थिए भने ९१९ जनाको मृत्यु भएको थियो। जसमा ६४ प्रतिशत १५ वर्ष मुनिका बालबालिका थिए।

जथाभावी बिना परीक्षण एन्टीबायोटिक खाने हुँदा, सबै स्वास्थ्य संस्थामा ब्लड कल्चरको व्यवस्था नहुने र कतिपयलाई बिना लक्षण देखिने हुँदा पनि वास्तविक तथ्यांक अझै बढी हुन सक्छ। विश्व चर्चित जर्नल ल्यानसेटले सन् २०२१ मा प्रकाशित गरेको आर्टिकल अनुसार काठमाडौंमा मात्रै प्रत्येक १ लाख मानिसमा १ हजार ६२ जनालाई टाइफाइड भएको पाइएको छ।

लक्षणहरु
– उच्च ज्वरो
– जाडो हुने, पसिना आउने, पेट दुख्ने, टाउको दुख्ने, जिउ दुख्ने, जिब्रोमा सेतो लेत लाग्ने
– सुरुवाती अवस्थामा पखाला चलेर पछि कब्जियत देखिने
– छातीको तल्लो भाग र पेटमा हल्का रातो उठेको बिमिराहरु बिरामी भएको सातदेखि १० दिनमा देखापर्ने
– भोक नलाग्ने, वाकवाकी लाग्ने
– कलेजो र फियो सुन्निने।

जटिलताहरु
– संक्रमण शरीरका विभिन्न भागमा फैलिन गई अन्य अंगमा रोगहरु देखिने
– कलेजोमा असर
– सानो आन्द्रामा घाउ हुनु, रगत बग्नु र प्वाल पर्नु, पेटमा संक्रमण फैलिएर पेरिनोनाइटिस हुने
– मुटुमा समस्या देखिने
– मिर्गौलामा समस्या
– मस्तिक सम्बन्धी जटिलताहरु

बच्ने उपायहरु
– राम्रोसँग पकाएको खाना मात्र खाने र खानेकुरालाई छोपेर राख्ने
– बासी सडेगलेका र झिङ्गा भन्केको खाना नखाने
– सफा र सुरक्षित पिउने पानीको प्रयोग गर्ने
– सफा चर्पीको प्रयोग गर्ने
– टाइफाइडविरुद्धको खोप लगाउने

चैत २५ गतेदेखि वैशाख १८ सम्म चल्न लागेको टाइफाइड खोप अभियान २०७८/७९ मा प्रयोग हुने खोप टाइफाइड कन्जुगेट भ्याक्सिन हो। जुन विश्व स्वास्थ्य संगठनबाट गुणस्तर प्रमाणित गरिएको र नेपालमा पनि औषधि व्यवस्था विभाग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दर्ता भएको खोप हो।

हाम्रो जस्तो विकासोन्मुख देश जहाँ अझै पनि स्वच्छ खानेपानीको व्यवस्था, ढल निकासको व्यवस्था छैन र टाइफाइडले जरा गाडेको ठाउँमा खोप लगाउनु अनिवार्य जस्तै हो। यो खोपको प्रतिरोधात्मक क्षमता ९६ दशमलव ९५ प्रतिशत छ। खोप नियमित रुपमा बच्चा १५ महिना पुगेपछि बायाँ तिघ्राको मध्य बाहिरी भागमा र अभियानको क्रममा १५ देखि २३ महिना उमेर समूहले बाँया तिघ्राको मध्य बाहिरी भागमा मासु भित्र र दुई वर्षदेखि १५ वर्ष मुनि उमेर समूहलाई बाँया पाखुराको बीच बाहिरी भाग मासुभित्र शून्य दशमलव ५ एमएल दिुनपर्छ।

साथै यसअघि खोप लिएका व्यक्तिहरुलाई पनि यो अभियानमा खोप दिन सकिन्छ। त्यस्तै टाइफाइड खोप र कोभिड १९ विरुद्धको खोप लगाउँदा कम्तीमा १४ दिनको अन्तराल हुनुपर्दछ।

खोप दिन नहुने अवस्थाहरु
– पहिले यो खोपबाट कुनै गम्भीर एलर्जिक प्रतिक्रिया भएमा वा गम्भीर एलर्जी हुने व्यक्तिमा
– गर्भवती र स्तनपान गराइरहेका महिला
– एड्स भएको अवस्थामा
– उच्च ज्वरो र सिकिस्त बिरामी भएको अवस्थामा पनि दिनु हुँदैन।

खोप लगाएपछि देखापर्न सक्ने असरहरु
– हल्का ज्वरो आउने तथा टाउको दुख्ने
– खोप लगाएको ठाउँमा रातो हुने सुन्निने र दुख्ने
– हात गोडा तथा जोर्नी दुख्ने र एकदमै न्यून व्यक्तिहरुमा एलर्जी हुन सक्छ।

(बालरोग विशेषज्ञ डा राजकुमार बिक हाल कान्ति बाल अस्पतालमा कार्यरत छन्।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
divinegc.com
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
babaslot
mimislot
palabraenpie.org
slot88