काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ ।

अपरान्ह चार बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । मन्त्रिपरिषद आजको बैठकले विभिन्न निर्णय र नियुक्तिहरु गर्ने बताइएको छ ।

आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि निर्वाचन आयोगले शुक्रवारदेखि आचारसंहिता लागू गर्दैछ । आचारसंहिता जारी भएपछि सरकारले नियुक्ति, सरुवा, बढुवा लगायतका काम गर्न पाउने छैन । त्यसैले आजको बैठकले व्यापाक नियुक्तिको निर्णय गर्ने अनुमान गरिएको छ ।

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा कम्तिमा ३५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागू गर्ने गरिन्छ । निर्वाचन आचारसंहिताबारे आयोगले दलहरुको प्रतिवद्दता समेत लिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर