दाङ – दाङको घोराहीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

माेटरसाइकल दुर्घटनामा परि १९ वर्षीय रोहन हमाल र १६ वर्षीया सविना हमाल घाइते भएका हुन् ।

उनीहरुकाे घोराहीमा उपचार भइरहेको छ । रोहन र सविना दाजु बहिनी हुन् । मृतक उनीहरुकी आमा रहेकाे प्रहरीले जनाएकाे छ ।

घोराहीको कटुकीबाट नारायणपुर बजार आउँदै गरेको रा १ ८३८६ नम्बरको मोटरसाइकल घोराही उपमहागनरपालिका-८ वनगाउँमा दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर