बैशाख महिनामा पनि पुरानै ब्याजदरलाई निरन्तरता दिन सबै बैंकहरु सहमत देखिएका छन् । सबै वाणिज्य बैंकहरुले चैतकै ब्याजदरलाई निरन्तरता दिएर नयाँ सूचना जारी गर्ने भएका छन् ।

नेपाल बैंकर्स संघले आइतबार बैठक राखेर ब्याजदर के गर्ने भन्ने विषयमा छलफल गरेको थियो । सबै बैंकहरुले ब्याजदर यथावत राख्न सहमति जनाएपछि चैतकै ब्याजदरलाई बैशाखमा पनि निरन्तरता दिइने भएको हो ।

बैंकहरुले चैत ३० गते बैशाखदेखि लागु हुने ब्याजदरको सूचना प्रकाशित गर्नु पर्ने छ । बैंकहरुले मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर दिनेगरी नयाँ सूचना जारी गर्ने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर