उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो बेलाबखत चर्चामा आउने गरेका छन् । कहिले सर्वसाधारणलाई धम्क्याएको, कहिले प्रशासकलाई थप्पड हानेकोजस्ता आरोप फागोका लागि सामान्य हुन् । चैत २३ गते एक कार्यक्रममा सँगै रहेका बेला फागोले सोही नगरपालिका– ८ का वडाध्यक्ष कुलबहादुर कार्कीमाथि झम्टिए । कार्कीले सञ्चारमाध्यमहरूमा गुहार पनि मागे ।

उर्लाबारीको जरुवापानी भन्ने ठाउँमा वडा कार्यालय भवनको शिलान्यास कार्यक्रम राखिएको थियो । कार्यक्रम समापनका अवसरमा मन्तव्य राख्दै सभापतिको तर्फबाट वडाध्यक्ष कार्कीले गत पुसमै हुनुपर्ने नगरसभा नगरेको प्रसङ्ग उठाएका थिए । कार्यव्यस्तता जनाउँदै कार्यपालिका र नगरसभा गर्न मेयर नै अनिच्छुक रहेको उनको भनाइ थियो ।

त्यसपछि फागो वडाध्यक्षमाथि झम्टिएका थिए । त्यसपछिका अनेक सार्वजनिक कार्यक्रममा वडाध्यक्षलाई झम्टिनुपर्ने कारणसहित प्रस्तुत भइरहेका फागोले बिउ बोका काटेर खाएकोदेखि किसानका लागि दिएको अनुदानको मकैको बिउमा पनि पैसा मागेकोसम्म आरोप आफ्नै पालिकाका जनप्रतिनिधिमाथि लगाउने गरेका छन् ।

मेयर फागोले उर्लाबारीमा नेपाली साहित्य समाजले आयोजना गरेको कार्यक्रममा यस्तै खालका भाषण उनले गरे । वडाध्यक्षमाथि किन आक्रमण भयो भन्ने विषयमा फागोले सोही कार्यक्रममा राखेको मन्तव्य यस्तो छ–

अहिलेसम्म हाम्रो उर्लाबारी नगरपालिकामा ६५ वटा कार्यपालिकाको मिटिङ राखियो । त्यहाँ भन्दा मैले के गर्नु ? वर्षमा १३ चोटीको हिसाबले राखेका रहेछौँ । कार्यपालिका मिटिङमा सबैको भत्ता हुन्छ । १९ जनामा करिब करिब एक पटकको मिटिङमा २४ हजार खर्च हुन्छ । सम्पूर्ण कार्यपालिका सदस्यले सकेसम्म होटलमा मासुभात खान खोज्छन् । घरमा कलको पानी खिचेर खाएको हुन्छ । मिटिङमा भने मिनिरल वाटर चाहियो । मिटिङमा बाहिर खाने १०० रुपैयाँ प्रतिगोटाको रेडबुलले हुँदैन । त्यहाँ ३ सय रुपैयाँ माथि पर्ने पर्ने रेडबुल चाहियो ।

कार्यपालिकाको मिटिङमा हामीले जनतालाई आवश्यक पर्ने कार्यविधिहरू बनाउन सक्छौँ÷सक्दैनौँ तर, हामीले बैठक बस्नुपर्छ । गर्नुपर्ने त्यही जनताको काम थियो तर हामी मिटिङमा खर्चमात्रै बढाइरहेका छौं । यसकारण एक पटक कार्यपालिका बैठक बस्दा ४५ हजारसम्म खर्च हुन्छ । हामी होटलमा जानु प¥यो । गाडी पनि चढ्छौँ । वडाध्यक्षदेखि कार्यपालिका सबै सदस्यले मोटरसाइकलमा चढ्नु भएको छ । तेल खर्च भएको छ, सेवा सुविधा दिइएको छ । यो तरिका छ हाम्रो ।

त्यही कारण मैले कतिपय कार्यक्रममा धेरै कुरा रोक्नुपर्छ भनेको हुँ । मैले उहाँ (८ नम्बरका वडाध्यक्ष कुलबहादुर कार्की) लाई तपाई पनि वडाध्यक्ष हुनुहुन्छ । तपाईंले जिम्मा लिएको कुरामा कति बैठक राख्नुभएको छ । तपाईंको कर्तुत खोल्दिन्छु भनिदिएको छु । उहाँ पर्यटन, कृषि सम्बन्धी संयोजक हुनुहुन्छ । मलाई बैठक राखेन भन्दै गर्दा उहाँले ४ वर्ष ९ महिनामा त्यो समितिको एउटा पनि बैठक राख्नुभएको छैन । हामी जनप्रतिनिधि जिम्मेवार हुनुपर्छ ।

हाँस उठ्दो छ यथार्थ छ । ९ वटा बाख्रापालक सामुदायिक कृषक संस्थालाई उन्नत खालका बिउ बोका दिएको थियो । २ वटा काटेर खाइसकेको रहेछ । त्यस्तो हुन्छ काहीँ । फेरि मैले किनेँ त भनेका थिए । त्यसपछि मैले पशु शाखामा बुझ्न खोजेको थिएँ । किन काटेर खाइयो भनेर बुझेको, बोकाले हान्ने भयो अरे । मैले त हात्ती जत्रो बोको त देखेको थिइनँ । अर्को कारण खोरमा राख्न नसकेर, अर्को कारण हाडनाता भयो रे, अर्को कारण प्रजननको लागि आउँदा त्यसअनुसारको प्रतिफल दिएन अरे ! अनि पछाडिको कैफियतमा लेखेको छ । फेरि भनिएको छ ८० वटा पाठा उत्पादन भयो । अहिले ७ वटा बोका चाहिँ छ । दसैँसम्ममा त्यो पनि काट्ने होला ।

अर्कोतिर मकैको बिउ आयो । किसानलाई अनुदानमा मकैको बिउ दिइन्छ । उनीहरूबाटै १ सय रुपैयाँ उठाएको रहेछ । फेरि मैले किन उठाएको किसानबाट बिउको पैसा भनेको ! फेरि बिउ बाँड्न अरे । पटक–पटक त पालिकाले बिउ बाँड्न अनुदान दिएको छैन । अनि ८ जना वडाध्यक्ष कस्ता छन् भने कानुनमा १५ किलोमिटर टाढा गएको मात्रै भ्रमण भत्ता तथा सुविधाको व्यवस्था छ । तर, यहाँ १० मिनेटमा हिँडेर पुग्ने ठाउँ छ । ५ सय मिटर टाढा गएको रिपोर्ट दिएर भत्ता लिएको छ । त्यही विषयमा मैले वडाध्यक्षहरूलाई करेक्सन गराउन खोजेको थिएँ । त्यसपछि भनाभन भयो । हामीले ७ महिनादेखि मुद्दा खेपेका थियौँ । काम गर्न दिइएन । तर, हरेक जनप्रतिनिधिले गरेको अनावश्यक खर्चको एकएक हिसाब छ । रातो पाटीमा अर्जुन आचार्य ले लेखेका छन्, यो खबर हामीले रातो पाटि बाट साभार गरेका हौ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah