जनकपुरधामबाट अटोमेटिक पेस्तोलसहित दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ९ घर भई हाल जनकपुरधाम वडा नम्बर ४ बस्ने ३० वर्षीय ईन्द्रेश कुमार सिंह र महोत्तरीकै मनरासिस्वा नगरपालिका वडा नम्बर १ घर भई हाल जनकपुरधाम वडा नम्बर ८ बस्ने १९ वर्षीय लोटस भनिने अभिषेक कुमार सिंह छन् ।

ज. ७ प. ७९३२ नम्बरको मोटरसाइकलमा सवार भई हातहतियार साथमा बोकी रामानन्द चोकबाट प्रादेशिक अस्पतालतर्फ गइरहेको अवस्थामा शनिबार १ बजे राति उनीहरूलाई पक्राउ गरिएको धनुषा प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरुलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको सादा पोसाकको प्रहरी टोलीले चेकजाँचको क्रममा इन्द्रेशले आफ्नो बाँया साईडको कम्मरमा पेन्टको वेल्टभित्र लुकाएर राखिएको अवस्थामा अटोमेटिक पेस्तोल फेला परेको धनुषाका प्रहरी नायव उपरीक्षक बस्नेतले बताए । पक्राउ परेका दुवै जनामाथि हातहतियार तथा खरखजाना मुद्दा शिर्षकमा १० दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ । रातो पाटि बाट साभार