स्थानीय तह निर्वाचन अन्तर्गत आइतबार र सोमबार उम्मेदवारी दर्ता गरेका उम्मेदवार उपर आज मंगलबार दाबी विरोधको उजुरी दर्ता गर्न निर्वाचन आयोगले आजको समय दिएको छ ।

उजुरी दिन भने निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ ।

आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइन्छ । तर, आयोगले उम्मेदवारहरूको नामावली नै रुजु गरिसकेको छैन् ।

तैपनि, आजै उजुरी दिने समय पनि आयोगले यसअघि नै तोकेको हो । आयोगले प्राप्त उजुरीमाथि जाँझबुझ भने वैशाख १४ र १५ गते गर्नेछ ।

जाँझबुझपछि उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ । वैशाख १६ गते भने उम्मेदवारी फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ ।

वैशाख १७ गते उम्मेदवार बनेकाहरूले निर्वाचन चिन्ह प्राप्त गर्नेछन् । वैशाख ३० गते ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय