नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँले नेपाली काँग्रेस हल्दिबारी ४ को कार्यालयमा पुगेर काँग्रेस उम्मेदवार होम चुडालसंगै एमालेको लागि भोट मागेका छन् ।
सूचना प्रविधिको दुरुपयोग गरेर प्रसाईँले काँग्रेसको बदनाम गर्न खोजेको चुडालले दाबी गरेका छन् । त्यसप्रति खेद व्यक्त गर्दै वडा नं ४ का वडाध्यक्षका उम्मेदवार चुडालले एक विज्ञप्ति जारी गरी भर्त्सना गरेका छन् ।
उनले भनेका छन् ,‘नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँले आज मेरो चरित्र हत्या गर्ने उद्देश्यले भाइचाराको नाममा गरेको कार्य र मानसिक असन्तुलनताको उदाहरणको घोर भर्त्सना गर्दछु।साथै यस्ता मानसिक असन्तुलन र जाली फटाहा चरित्रको व्यक्तिसित सावधान रहन सबैमा अनुरोध गर्दछु।’



