वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तरगत शनिबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

वैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई शनिबार निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम तय भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यी सबै कार्यक्रमहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुने उनको भनाइ छ ।

यसअघि वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरेर वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय आयोगले दिएको थियो ।

यस्तै वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गरिएको थियो ।

यस्तै शुक्रबार उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको थियो ।