रंगेली । रंगेली नगरपालिकाको स्थानीय निर्वाचनमा मेयर र उपमेयर पदमा गठबंधन भएको छ।
नेपाली कांग्रेसले मेयर पदमा जन्ता समाजवादी पार्टीले उप्रमुख पद लिने गरी गठबंधन गरेका हुन्।आज भएको दुई दलीय बैठकले मेयर उपमेयर पद बाड फाड गरे पछि आ आफ्नो दलका मेयर उपम्योर पदका उमेदवारी फिर्ता गराएको छ।
दुई दलीय गठबन्धनपछि उपमेयर पदमा उमेदवारी दिएकी कौशल्या देवी मण्डलले उमेदवारी फिर्ता लिएकी छिन भने मेयर पद मा उमेदवार दिएकी समाजवादी पार्टीकी मेयर नविता कुमारी मण्डलले उमेदवारी फिर्ता लिएको संयुक्त प्रेस विज्ञप्ति मा उल्लेख गरिएको छ।
दुई दलीय गठबन्धन मा नेपली कांग्रेसको तर्फबाट जिल्ला प्रतिनिधि गोपालसिंह राज भण्डारी,महासमिति सदस्य रामनारायण मण्डल,नगर सभापति जगर्नथ मण्डल र जसपाको तर्फबाट केन्द्रिय सदस्य तथा रंगेली नगरपालिका प्रतिनिधि प्रेम नारायण थापाको रोवरमा गठबंधन भएको छ।
१६ जनाले लिए मनोनयन फिर्ता लिए
मोरङको रंगेली नगरपालिकामा १६ जनाले लिए मनोनयन फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार शुक्रबार ती उमेदवारले मनोनयन फिर्ता लिएका हुन् ।
मनोनयन फिर्ता लिनेमा महेन्द्र कर्मकार रंगेली- ३ सदस्य जनमत पार्टी, सागर साह रंगेली-७सदस्य स्वतन्त्र,सीता पासवान रंगेली-५ सदस्य जनमत पार्टी,
किरण कुमारी सरदार रंगेली-८ सदस्य जनमत पार्टी,निरसजन कुमार मण्डल रंगेली -५ वडा अध्यक्षा स्वतन्त्र, विष्णु प्रसाद कोइराला रंगेली -८ सदस्य स्वतन्त्र, नविता कुमारी मंण्डल रंगेली -५ नगर प्रमुख जसपा,रवीन्द्र कुमार राजवंशी रंगेली -१ वडा अध्यक्ष – लो .स.पा,रोसन कुमार मण्डल, वडा अध्यक्ष – स्वतन्त्र , कौशल्या कुमारी मण्डल रंगेली-५नेपाली काङ्ग्रेस उप प्रमुख , फुल कुमारी ताजपुरीया उपप्रमुख स्वतन्त्र, कर्म चन्द्र साह -७ वडा अध्यक्ष स्वतन्त्र, दिपक कोइराला रंगेली -३ वडा अध्यक्ष जसपा, सन्तमान मगर रंगेली -३ सदस्य माओवादी केन्द्र, यक्ष बहादुर बराल रंगेली -३ वडाअध्यक्ष – माओवादी र सचिनकुमार मण्डल रंगेली -५ सदस्य स्वतन्त्र छन् ।
श्रेष्ठले फिर्ता लिएनन्
स्थानीय तहको निर्वाचन अन्तर्गत रंगेली नगरपालिका काे मुख्य बजार क्षेत्र बाट बडा नम्बर ७ मा संजीव श्रेष्ठले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएनन् ।
नेपाली काङ्ग्रेस रंगेली नगरका उपाध्यक्ष समेत रहेका श्रेष्ठले आफुलाई जिल्लासम्मका नेता तथा कार्यकर्ताहरुले उमेदवारी फिर्ता लिनका लागि आग्रह गर्दा समेत उनले फिर्ता नलिएकाे बताए । वडाध्यक्षमा उम्मेदवारी दिएकाे हुनाले आफूलाई स्थानीयले राम्रो मत दिने विश्वास रहेकोले फिर्ता नलिएको बताए ।



