काठमाडाैं । हाल नेपालमा स्थानीय वायु र भारतको बिहार-पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
साेमवार देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएकाे छ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केही स्थानमा र बाँकी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, साेमवार राती देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ।कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ।