लेखापढि ब्यवसायी दमक ईकाई समिति र गणपति सहकारीले आज संयुक्त रुपमा तिज बिषेश कार्यक्रम गरेका छन् । लेखापढि दमक ईकाई सदस्य तथा कमल गाउँपालीका उपाध्यक्ष प्रमिला गौतम तिवारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
तिज कार्यक्रम सम्योजक रञ्जना दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नापी कार्यालय दमकका परमेश्वर ठाकुर, लेखापढि व्यवासायी संघ प्रदेश १ सह सचिव ज्ञानेन्द्र तिम्सिना, संघका झापा जिल्ला अध्यक्ष सुशिल निरौला, दमकका अग्रज लेखापढि ब्यवसायी गौरसिंह राजबंशी लगायतले बोल्नु भएको थियो । तिज पर्वलाई हर्सोल्लास पुर्वक मनाउन साथै परम्परालाई निरन्तरता दिन कार्यक्रम आयोजना गरिएको कार्यक्रम सम्योजक दाहालले बताउनु भयो ।
कुमारी धितालले स्वास्थत गर्नु भएको कार्यक्रमको सञ्चालन सिता देवी लुईंटेलले गर्नु भएको थियो । कार्यक्रममा सहभागीहरुले नाचगान गरी रमाईलो गर्नु का साथै दर खाएर तिज मनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय