सनी लियोनी पछिल्लो केही वर्षयता मैनफोर्स कण्डम कम्पनीकी ब्रान्ड एम्बेसडर छिन । सनीले मैनफोर्स कम्पनीको विज्ञापनमा पनि खेल्छिन । उनको यो विज्ञापनमा कयौ पटक आपत्ति जनाईएको छ । एक पटक फेरी कांग्रेस गोवाका एक विधायकले यो कण्डमको विज्ञापनलाई लिएर चर्चा गरेका छन ।
गोवा ट्रान्सपोर्ट कर्पोरेशनको बसमा कण्डम विज्ञापनको प्रचार भईरहेको छ । यो विषयलाई लिएर सेन्ट आन्द्रेबाट विधायक फ्रांसिस्को सिल्वेरियाले विरोध गरेकी छिन । उनले भनिन्– बसमा कण्डमको प्रचार बन्द हुनुपर्छ । यसले हामीलाई लज्जित बनाईरहेको छ । उनले यो विषयलाई संसदमा पनि उठाएकी छिन । सांसद सिल्वेरियाले सभामुख प्रमोद सावंतलाई सोधिनकी के हामी संसदमा (राज्य विधानसभा) कण्डम शब्दको प्रयोग गर्न सक्र्छौ ।
सिल्वेरियाले अगाडि भनिन्– यो विज्ञापनले गोवाको मानिसलाई के सिकाईरहेको छ । विद्यार्थीहरु बसमा यात्रा गर्छन त्यसबेला यो विज्ञापनबाट उनिहरुले के सिकिरहेका छन । गोवाका मानिसमा यसको नकारात्मक प्रभाव परेको छ ।
यो विज्ञापनमा सन्नी लियोनीले खुलेरै अंग प्रदर्शन गरेकी छिन । कादंबा ट्रांसपोर्टको बसमा यो विज्ञापनको प्रचार भइरहेको छ । गर्भनिरोधक कम्पनी र निमगसंग सम्झौतामा यो विज्ञापन प्रचार भइरहेको छ ।
यसभन्दा पहिले रिपब्लिकन पार्टीको महिला शाखाले सन्नी लियोनीको कण्डम विज्ञापनको विरोध गरेको थियो । उनीहरुको भनाई थियो कि यो विज्ञापन देखेर महिलाहरु निकै लज्जित महसुस गर्छन् । यसले एउटा अलग्गै सन्देश दिन्छ । महिला शाखाले यो विज्ञापनमा रोक लगाउन माग समेत गरेको थियो ।



