काठमाडौँ, मङ्सिर १ गते । विश्वभर एकसाथ मनाइने महिला हिंसाविरुद्धको १६ दिने अभियान नेपालमा मङ्सिर ९ गतेदेखि २४ गतेसम्म विविध कार्यक्रम गरेर मनाउन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तयारी थालेको छ।

सोह्र दिनसम्म चल्ने यो अभियानमा महिला तथा बालिकाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न देशव्यापी सचेतना बढाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थाहरूसँग मिलेर कार्यक्रम गर्ने योजना मन्त्रालयले तयार गरिरहेको मन्त्रालयका महिला विकास अधिकृत ममता विष्टले जानकारी दिनुभयो।

मन्त्रालयले बुधबार विभिन्न क्षेत्रका सरोकारवालाहरूसँग अभियानलाई प्रभावकारी बनाउने विषयमा आयोजना गरेको छलफलमा मन्त्रालयका सहसचिव आभा श्रेष्ठले समाजका हरेक निकाय र सरोकारवालाहरूले यो अभियानको अपनìव वहन गरिदिएर हिंसामुक्त समाज निर्माणमा सहयोग पु¥याउन आग्रह गर्नुभयो। उहाँले अभियानबारे व्यापक प्रचारप्रसारका लागि विभिन्न उपाय अवलम्बन गर्ने विषयमा पनि जानकारी गराउनुभयो।

कार्यक्रममा सहभागी अन्य गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिले अभियान मनाउने आ–आफ्नो तयारीका बारेमा जानकारी गराउनुभएको थियो। यस वर्ष महिला हिंसाविरुद्धको १६ दिने अभियानमा राष्ट्रिय नारा ‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसाविरुद्धको अभियान’ तय गरिएको छ। यस वर्षको अभियानको लागि मन्त्रालयले ‘सभ्य समाजको पहिचान लैङ्गिक हिंसाविरुद्धको अभियान’ भन्ने तय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah