
काठमाडौं । बलिउड अभिनेत्री मनिषा कोइरालाले नायिक रेखा थापालाई जिताउन अपिल गरेकी छन् । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि राप्रपाकी उमेदवार रेखा थापालाई जिताउन मनिषाले आग्रह गरेकी हुन् ।
रेखालाई निडर, सहासी नारी र हिम्मतवाली नेतृ भन्दै मनिषाले विजयका लागि अग्रिम शुभकामना पनि दिएकी छन् । उनले मोरङ क्षेत्र नम्बर ३ का मतदातालाई रेखाका पक्षमा मतदान गर्न आग्रह गरेकी छन् ।
मनिषा अहिले राप्रपाको चुनावी अभियानमा सक्रिय भएर लागेकी छन् । काठमाडौं क्षेत्र नम्बर १ बाट राप्रपाका प्रत्यक्षतर्फका उमेदवार रवीन्द्र मिश्रको घरदैलो कार्यक्रममा पनि मनिषा सहभागी भएकी थिइन् ।
रेखा निर्वाचन घोषणा भएदेखि नै आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रममा छिन् ।