बाँके- बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१० भृकुटीनगरस्थित एउटा घरमा बम विष्फोट हुँदा दुई जना घाइते भएका छन्।

सृजन भनिने दिवाकर मल्लको घरमा गएराति सवा आठ बजे बम बिष्फोट भएको प्रहरीले जनाएको छ। विष्फोटमा परेर विप्लव समूहका विद्यार्थी संगठन बाँकेका अध्यक्ष सल्यान बागचौर-२ निवासी डिल्लीबहादुर डिसी क्षेत्री र उक्त संगठनका कार्यकर्ता घोडागोडी नगरपालिका-१ कैलालीका धर्मराज सुनार घाइते भएका हुन्।

घाइते मध्ये सुनारको अबस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। उनलाई भेरी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारकालागि नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएको छ।

नेपाल समय
अर्का घाइतेको भेरी अस्पतालमै उपचार भैरहेको प्रहरीको भनाइ छ। बाँकेका डीएसपी रामप्रसाद घर्तीले कुकर बम बिस्फोट भएको प्ररम्भीक अनुसन्धानले देखाएको बताए। उनीहरूले बम बनाउँदै गरेको अबस्थामा बिस्फोट भएको हुन सक्ने आशंका गरिएको छ।

घटनास्थलमा थप बम फेला परेकाकोमा नेपाली सेनाको बम डिस्पोजल टोली निक्रिय पारेको छ। डिल्ली एक वर्ष अघि मल्लको घरमा कोठा भाडामा लिएर बस्दै आएको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah