रौतहट : कटहरिया नगरपालिकामा दुई स्वतन्त्र उम्मेदवारका कार्यकर्ताबीच झडप भएको छ ।

बुधबार राति करिब ९ :३० बजेतिर कटहरिया-५ बजारस्थित शान्ति पेट्रोल पम्प अगाडी रौतहट क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाल समर्थक र प्रदेशसभाका स्वतन्त्र उम्मेदवार कुन्दन कुशवाहाका समर्थकबीच झडप भएको हो।

वादविवाद भइ दुवै पक्षका कार्यकर्ता बीच झडप भएपछि नेपाल प्रहरीले ४ राउण्ड अश्रुग्यास र सशस्त्र प्रहरीले २ राउण्ड गोली हवाई फायर गरेको थियो ।
दुवै पक्षका समर्थक मदिरा सेवन गरी एकअर्काको उम्मेदवारलाई गाली गर्न थालेपछि वादविवाद सुरु भएको इलाका प्रहरी कार्यालय कटहरियाका सई सुरेन्द्र सिंहले बताए।

प्रहरीले घटनालाई शान्त पार्न अश्रुग्यास र हवाई फायर गरेको उनले बताए । आक्रोशित केही व्यक्तिले अचानक ढुंगा र सीसाका टुक्राले प्रहार गर्न थालेपछि झडप नियन्त्रण लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गर्नु परेको सइ सिंहले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय