काठमाडौं– मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको मौन अवधि प्रारम्भ हुनुभन्दा केही अघि बिहिबार चितवनमा आयोजित चुनावी सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले देशभरी घण्टी बज्ने बताएका छन् ।

निर्वाचनको तीन दिनअघि चितवनको नारायणी नदी किनारमा आयोजित चुनावी सभामा भेला भएका हजारौं जनसमुदायलाई सम्बोधन गर्दै पार्टी सभापति लामिछाने चार वटा कुरामा जोड दिएका छन् ।

नेता लामिछानेले आजको दिनदेखि नेपालमै उत्पादित पहिरनमात्र लगाउने बताएका छन् । उनले नेपालमै बनेका पहिरन लगाएर हिंड्ने बताएका छन् ।

लामिछानेले आफ्नो पार्टीको सरकार बनेको सय दिनभित्र विदेशमा रहेका सय जनालाई स्वदेशमै रोजगारी दिने घोषणा गरेका छन् ।
लामिछानेले स्वतन्त्र पार्टीको सरकार बनाउने बहुमत दिन आग्रह गर्दै भनेका छन् – ‘हामीले सरकार बनायौं भने सय दिनभित्र सय युवालाई रोजगारी दिन विदेशका गल्ली–गल्लीमा स्टीगर टाँस्नेछौं, फ्रि टिकटमा रोजगारी दिन । सय दिनभित्र क्षमतावान मानिसलाई यही देशमा विदेशमा पाए जस्तै सेवा–सुविधा दिएर देश फर्किने सुवर्ण अवसर भनेर अस्ट्रेलिया र अमेरिकाको गल्तीमा पोस्टर टाँस्न म आफैं जानेछु । सय जनाबाट यात्रा शुरू हुनेछ । बिस्तारै यो सय बढ्दै गएर हजार हुनेछ, १० हजार हुनेछ, १० लाख, २० लाख हुनेछ । हामी सक्छौं, हामी सक्षम छौं ।’

लामिछनेले आफू आफ्नो उपचारका लागि जीवनभर सरकारी अस्पतालबाहेक अन्यत्र नजाने घोषणासमेत गरे । उनले जनताले उपचार गर्ने सरकारी अस्पतालमै आफूले उपचार गर्ने घोषणा गरेका हुन् ।

‘सरकारी अस्पतालमा तपाईं उपचार गर्न जाँदा कुन हालत भोग्नुपर्छ ? म आफ्नै मेहनतले देशका कुनै पनि अस्पतालमा एसी रुममा गर्न सक्छु । तपाईंको उपचार जहाँ हुन्छ, मेरो उपचार त्यही हुन्छ । म उपचार गर्न सरकारी अस्पतालबाहेक कहीँ जान्न,’ भाषणको क्रममा उनले भनेका छन्– ‘जनतालाई मारेर बाँच्ने नेताको युग सकियो । सबैका लागि स्वास्थ्य, सबैका लागि शिक्षा हुनुपर्छ ।’

लामिछानेले चितवनले देशलाई न्याय गर्ने बताएका छन् । आफूलाई मुद्दा लाग्दा चितवनले व्यक्तिलाई न्याय दिएको र अब चुनावमा जिताएर न्याय गर्ने बताए ।

‘मलाई पटक पटक प्रश्नको घेरामा राखिन्छ र शंकाको तीर रोपिन्छ’, लामिछानेले भने, ‘दुर्गममा अस्पताल बनाउँदा के बिगारेँ ? अब त म ज्युँदो छु भनेर भन्ने छन् ।’ उनले आफू विवादसँग न्डराउने मान्छे भएको बताउँदै आफू देशभरका दुःख पाएका जनताको घरमा पुगिरहेको बताए ।

लामिछानेले घण्टीले देशलाई परिवर्तन गरेरै छाड्ने दावी गरे । उनले उनले चुनावी चलखेलबारे आफुलाई सबै थाहा भएको पनि बताए । चितवनमा लागेको दाग मेट्न आएको भन्दै उनले निर्वाचनमा कसैले धाँधली गर्छु भन्ने सपना नदेख्न चेतावनी दिए । आफू राजनीतिमा विस्थापन गर्न नभइ व्यवस्थापन गर्न आएको पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय