जुम्लाको तिला गाउँपालिका–४ मा निर्वाचन टोली र सामाग्री लिएर गएको जिप दुर्घटना हुँदा ६ जना घाइने भएका छन्।

बिहीबार त्रिवेणीबाट जनजागृती मावी ताम्ती मतदान केन्द्रमा खटिएको टोली सवार भे १ च २१८८ नम्वरको बोलेरो जिप अनियन्त्रित भइ दुर्घटना हुँदा ६ जना घाइते भएका हुन्।

घाइतेहरुको अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले जनाएको छ।

दुर्घटनामा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपाने, नेपाल प्रहरीका सई सीताराम दराई, सहायक हवलदार सुरज चन्द, प्रहरी जवान राजेन्द्र विष्ट र कार्यालय सहयोगी अंगराज गिरी घाइते भएका छन्।

घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए।

जिप चालकलाई नियन्त्रणमा लिइएको छ। गाडीमा ८ जना सवार रहेका थिए।

जीप सडकदेखि २० मिटर तल खसेको छ। बिहीबार दिउँसाे साढे २ बजे दुर्घटानामा परेकाे हो।

प्रतिक्रिया

सम्बन्धित खवर