काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रत्यक्षतर्फको मतगणना मतदान भएको ३ दिनमा सक्ने बताएको छ । निर्वाचनको तयारीबारे जानकारी दिन आज (मंसिर १ गते) आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन भएको ३ दिन अर्थात् मंसिर ७ गते बेलुकासम्ममा प्रत्यक्षतर्फका सबै नतिजा सार्वजनिक गरिसकिने योजना रहेको बताए ।

यस्तै, समानुपातिकतर्फको मतगणना मंसिर १२ गतेभित्र सक्ने आयोगको तयारी रहेको उनले बताए । उनले मतदाताभन्दा मतपत्र बढी हुने अवस्था आएमा मतगणना हुनुअघि फेरि मतदान गरिने बताए । आयोगले मंसिर २२ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने तयारी गरेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय