प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मुख्य चुनौतीको रूपमा देखिएको छ । मङ्सिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघि भोजपुर, नेपालगञ्ज र दोलखामा विप्लव समूहले विस्फोट गराएको सुरक्षा अधिकारीहरू बताउँछन् ।

नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरस्थित दिवाकर मल्लको घरमा ‘विप्लव’का कार्यकर्ताले बम बनाउँदै गरेको सुराक पाएपछि बुधवार साँझ प्रहरी त्यहाँ पुग्यो । तर, बनाउँदै गरेको बम हतारमा लुकाएर भाग्न खोज्दा विस्फोट भयो । ‘कुकर बम’ विस्फोट हुँदा विप्लव समूहमा आबद्ध सल्यान घर भएका डिल्ली बहादुर डिसी र कैलाली घर भएका धर्म बहादुर सुनार घाइते भए ।

बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बम बनाउनेहरू ‘विप्लव समूह’का कार्यकर्ता भएको रातोपाटीलाई बताए । उनले भने–‘बनाउँदै गरेको बम विस्फोट हुँदा डिल्ली बहादुर डिसी र धर्म बहादुर सुनार घाइते भए, उनीहरूको नेपालगञ्ज नर्सिङ अस्पतालमा उपचार हुँदै छ ।’

अस्पतालबाट डिस्चार्ज भएपछि उनीहरूलाई विस्फोटक पदार्थसम्बन्धी कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ । डिल्ली बहादुर डिसी र धर्म बहादुर सुनारले दुईवटा ‘कुकर बम’ तयार गरिसकेका थिए । अरू चारवटा बनाउने तयारीमा थिए । बम बनाउँदै गर्दा प्रहरीले सुराक पाएको हुनाले सम्भावित दुर्घटना टरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय