
विराटनगर । आइतबार भएको संसदीय निर्वाचनको मतगणना मोरङमा १ बजे सुरू हुने भएको छ।
सोमबार १ बजेदेखि मोरङको क्षेत्र नं. ४, ५ र ६ नम्बर क्षेत्रको मतगणना सुरू हुने भएको छ। ४, ५ र ६ नम्बर निर्वान क्षेत्रको विराटनगरस्थित आदर्श माविमा सुरु हुन्छ । यहाँ प्रत्येक निर्वाचन क्षेत्रको चार ठाउँबाट मतगणना सुरु हुने प्रमुख निर्वाचन कार्यालय विराटनगर मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । आज बिहान बसेको सर्वदलीय सहमतिका आधारमा मतगणना थालनी गरिने निर्णय भएको बताए ।
प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइनेछ। मतगणनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले मतगणनास्थलमा सुरक्षा प्रदान गरिरहेका छन्।
मतगणनालाई सुरक्षित बनाउन बाँस प्रयोग गरिएको छ । गणनास्थलमा उम्मेदवार र राजनीतिक दलको एकरएक जना प्रतिनिधिलाई सहभागी गराइएको छ।
मोरङमा ६६।२२ प्रतिशत मत खसेको छ । ७ लाख ३५ हजार ५ सय २५ मतदाता रहेको मोरङमा ४ लाख ८७ हजार ४७ मत खसेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
निर्वाचन कार्यालयका अनुसार मोरङ क्षेत्र नं. १ मा ६१.५२ प्रतिशत मत खसेको छ । सो निर्वाचन क्षेत्रमा १ लाख २३ हजार ६ सय १५ मतदाता रहेको मध्ये ७६ हजार ५४ मत खसेको थियो । यस्तै क्षेत्र नं. २ मा ६४.२३ प्रतिशत मत खसेको छ । उक्त निर्वाचन क्षेत्रमा १ लाख २४ हजार ७२९ मतदाता मध्ये ८० हजार १ सय २७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
यसैगरी क्षेत्र नं. ३ मा ६५.८ प्रतिशत मत खसेको छ । यो निर्वाचन क्षेत्रमा १ लाख ४९ हजार ८३३ मतदाता रहेकोमा ९७ हजार ५ सय १ मत खसेको छ । क्षेत्र नं. ४ मा ६७.७२ प्रतिशत मत खसेको छ । ४ नम्बर क्षेत्रमा १ लाख १० हजार ९३ मतदातामा रहेको क्षेत्रमा ७४ हजार ५५७ मत खसेको छ । क्षेत्र नं. ४९१० मा ४१ हजार ६९२, क्षेत्र नं. ४९२० मा ३२ हजार ८६५ मत खसेको छ ।
यस्तै क्षेत्र नं. ५ मा ७२.६१ प्रतिशत मत खसेको छ । सो निर्वाचन क्षेत्रमा १ लाख ४९४ मतदातामा ७२ हजार ९ सय ७३ मत खसेको छ । क्षेत्र नं. ६ मा ६७.७१ प्रतिशत मत खसेको छ । उक्त निर्वाचन क्षेत्रमा ८५ हजार ८२७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।