रौतहट क्षेत्र नम्बर एकमा नेकपा एसका अध्यक्ष एव पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले अग्रता कायम राखेका छन्।

सरदमुकाम गौर को वडा नम्बर १ को १४९४ मत गणना गर्दा माधव कुमार नेपालले ७२९ मत प्राप्त गरेका छन्। दोश्रो स्थानमा नेकपा एमालेका अजय गुप्ता रहेका छन्। उनले ६५४ प्राप्त गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वडा नम्बर एकको मतगणणा सकिएको छ। वडा नम्बर दुइको मतपेटिका खोलेर मत पटयाउने काम भइरहेको जिल्ला मुख्य निर्वाचन कार्यालयले जनाएको छ।