चितवन- ३ बाट पछिल्लो मतपरिणाम प्राप्त भएको छ। यहाँ अहिलेसम्म ३ हजार १७ मत गणना हुँदा गठबन्धनबाट माओवादी केन्द्रका भोजराज अधिकारीले थोरै मतान्तरका साथ अग्रता लिइरहेका छन्।
उनलाई पछ्याइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेले ६ सय ५२ मत प्राप्त गरेका छन्।
तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ८९३ मत ल्याएका छन्। उनी नेपाली काग्रेसका बागी उम्मेदवार हुन्।