राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र काठमाडौं- १ बाट लगातार दोस्रोपल्ट पराजित भएका छन् । उनी पुरानै प्रतिद्वन्द्वी कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका हुन् ।

सिंहले ७ हजार १ सय ४० मत पाउँदा मिश्रले ७ हजार ११ मत ल्याए ।

यसपल्ट मिश्र १ सय २९ मतले चुके । ०७४ सालको चुनावमा काठमाडौं- १ बाट उनी सिंहसितै चुनाव हारेका थिए । त्यो बेला मतान्तर ८ सय १९ थियो । अघिल्लाे चुनाव विवेकशील साझाकाे चुनाव चिन्ह तराजु लिएर लडेका मिश्र यसपल्ट राप्रपा प्रवेश गरी हलाे चुनाव चिन्ह लिएर मतदातामाझ गएका थिए ।

पुकार बम, रमेश खरेललगायत पनि मैदानमा भएकाले उनीहरूले मिश्रकै भोट काट्ने अनुमान थियो । तैपनि मिश्रले सिंहलाई कडा टक्कर दिए । यसपालि उनले हारको मतान्तर पनि घटाए । तर जित निकाल्न भने फेरि पनि असफल रहे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय