
३ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेकोे कञ्चनपुरका २ क्षेत्रमा नेपाली कांग्रेस र १ क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ ।
कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रको प्रतिनिधि सभातर्फ एमालेका उम्मेदवार तारा लामा तामाङले अग्रता कायम राखेका छन् । ३ हजार ८०१ मतगणना हुँदा तामाङले १ हजार ४३९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरले ८६६ मत प्राप्त गरेकी छन् ।