चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार पाण्डेले ४ हजार १८८ मतसहित अग्रता कायम गरेका हुन्।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका जीता बरालले ३ हजार ६५६ मतसहित पछ्याइरहेकी छन्।

यस्तै माओवादी केन्द्रका भोजराज अधिकारी ३ हजार ५७९ मतसहित तेस्रो स्थानमा रहँदा स्वतन्त्र उम्मेदवार निदेश कोइरालाले २ हजार ९५४ मत प्राप्त गरेका छन्।

चितवन-३ मा यसअघिको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका थिए। यो निर्वाचनमा भने दाहाल गोरखा-२ बाट उठेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय