रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिक तर्फ ५० हजार मत कटाएको छ।

निर्वाचन आयोगको तथ्यांक अनुसार हालसम्म ५० हजार १ सय ८७ मत प्राप्त गरेको हो। स्वतन्त्र पार्टी एमाले र कांग्रेस पछि तेस्रो स्थानमा रहेको छ।

पहिलो स्थानको नेकपा एमालेले १ लाख १५ हजार र नेपाली कांग्रेसले झण्डै एक लाख मत ल्याएका छन्। अहिले देशका अधिकांश स्थानमा प्रत्यक्षसँगै समानुपातिक तर्फको पनि मतगणना चलिरहेको छ।

नेकपा माओवादी केन्द्र ४३ हजार मतसहित चौथो र राप्रपा २८ हजार मतसहित पाँचौं स्थानमा रहेका छन्। प्रतिनिधिसभातर्फ समानुपातिकबाट १ सय १० जना निर्वाचित हुनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय