प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जारी मतगणनाको पछिल्लो परिणाम अनुसार झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्ना निकटतम प्रतिस्पर्धीको तुलनामा ७ हजार ७५९ मतले अगाडि छन् ।
ओलीले १८ हजार ६७१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १० हजार ९१२ मत पाएका छन् ।
सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ३ हजार ७७७ मत पाएका छन् । यस्तै, जनमत पार्टीका भीम राजवंशीले एक हजार २१२ मत पाएका छन् ।