जुम्लामा प्रतिनिधि सभाको मतगणना चलिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले दोब्बर बढी मतको अग्रता कायम गर्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १३ हजार १ सय २७ मत गन्दा ज्ञानेन्द्र शाहीले ६ हजार ९ सय ५७ मत ल्याएर अग्रता कायम गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ३ हजार १ सय ९४ मत प्राप्त गर्नुभएको छ । शाही र कुँवरबीच मतको अन्तर ३ हजार ७ सय ६३ रहेको छ ।

यसैगरी नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले १ हजार ६ सय ८८ र नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ४ सय ६ सय मत ल्याउनुभएको छ ।

३२ हजार ३ सय २१ मत गन्न बाँकी

जुम्लामा ६८ हजार ६ सय ३८ मतदाता रहेकोमा ४५ हजार ४ सय ४८ मत खसेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क छ । अब ३२ हजार ३ सय २१ म्त गन्न बाँकी छ ।

जुम्लामा २०६४ सालको पहिलो संविधान सभा चुनावमा माओवादीका नरेश भण्डारी, २०७० मा कांग्रेसका ललितजंग शाही र २०७४ मा माओवादी केन्द्रका गजेन्द्रबहादुर महत विजयी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय