पर्सा क्षेत्र नम्बर १ को (क) को प्रदेशसभा सदस्यमा नेकपा माओवादी केन्द्रका रहबर अन्सारी निर्वाचित भएका छन् । पाँच दलीग गठबन्धनका साझा उम्मेदवार अन्सारी ७ हजार ८ सय १७ मतका प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी एमालेका उम्मेदवार विचारी यादवलले ५ हजार ६ सय १८ मत पाएका छन् । अन्सारी र यादव बीचको मतान्तर १ हजार १ सय ९९ रहेको छ ।

स्वतन्त्र उम्मेदवार जन्नत अन्सारी भने ५ हजार २ सय ८६ मत र अर्का स्वतन्त्र उम्मेदवार सुधिर पटेलले ४ हजार ५४ मत पाएका छन् । २०७४ को निर्वाचनमा सिंह पर्सा १ (क) को प्रदेशसभा सदस्यमा तत्कालीन संघीय समाजवादी पार्टीबाट उम्मेदवार बनेका जन्नत अन्सारी ८ हजार ५ सय ९३ मतका साथ विजयी भएका थिए ।

उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका रामनारायण कुर्मीले ७ हजार १ सय ७१ मत पाएका थिए । माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारी भने ६ हजार ७ सय ९४ मतका साथ तेस्रो भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय